आज बसेको मन्त्रिपरिषद् को बैठकले अन्ततः संविधान संशोधन प्रस्ताव पारित गरेको छ । सरकारले आजै उक्त प्रस्ताव संसद् सचिबालयमा दर्ता गरिसकेको छ ।
संशोधनमा नागरिकता, भाषा, सीमाङ्कन र सदनमा प्रादेशिक प्रतिनिधित्वबारे संशोधन गर्न खोजिएको बुझिएको छ । प्रतिपक्षी दल एमालेले संशोधन प्रस्तावको विरोध गर्दै आएको छ ।

मन्त्रिपरिषद्को निर्णयलाई इंगित गर्दै सत्तारूढ़ घटक नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले गहिरो चिन्ता प्रकट गरेका छन् । उनले आफ्नो फेसबुक मार्फत देशमा ठूलो अनिष्ट हुन सक्ने संकेत गरेका छन् । उनले देश विधिवत रूपमा विखण्डनको कित्तातिर गएको आरोप लगाएका हुन् :photogrid_1480435897759