७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल, चीनसहित पूर्वी एशियन मुलुकबीच आज भिडियो कन्फरेन्स हुँदै

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०७६, शुक्रबार ०५:११

काठमाडौं । नेपाल, चीनसहित पूर्वी एशियन मुलुकबीच कोरोना रोकथाम बारे आज भिडियो कन्फरेन्स हुँदैछ । अपरान्ह ३ बजे सुरु हुने कन्फरेन्समा पछिल्लो समयमा एसियाली मुलुकमा बढदै गएको कोरोना प्रकोप न्युनिकरणमा विषयमा छलफल हुने बताइएको छ ।

कन्फरेन्समा सहभागी नेपाल बाहेकका एसियन मुलुकहरुसँग चीनले नै समन्वय गरेको छ । छलफलमका अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रतिकुल अवस्थामा भन्सार व्यवस्थापन, महामारीपछिको जोखिमपनि छलफलका एजेण्डामा छन् ।

परराष्ट्र मन्त्रालयले सम्भावित महामारी रोक्नका लागि हिजो मात्रै औपचारिक रुपमा चीनसँग सहयोगको माग गरेको छ । नेपालले चीनको प्रस्ताव अनुसार कोरोना परीक्षण किट लगायतका सामाग्री र विज्ञ टोली पठाउन आग्रह गरेको हो ।

ऊर्जा, मास्क, मेडिकल सामग्री र मेडिकल टिम पठाउनेसम्मको प्रतिबद्धता चीनले यसअघि नै गरिसकेको छ । केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच पनि कुराकानी भएको थियो ।

त्यसक्रममा पनि पनि सहयोग गर्ने विषयमा दुईपक्षीय कुराकानी भएको थियो । चीनले कोरोनाबाट अत्यधिक प्रभावित मुलुकहरु इटाली र स्पेनमा मेडिकल टोलीसहित स्वास्थ्य सामग्री पठाएर सहयोग गरिरहेको छ ।