४ बैशाख २०८१, मंगलवार
Follow Us

म्याग्दीको दग्‍नाममा जिप दुर्घटना : नौ जना घाइते

sarusaru
७ चैत्र २०७६, शुक्रबार ०६:३२

म्याग्‍दी — रघुगंगा गाउँपालिका, ४ दग्नामको कान्छीगाउँबाट बेनीआउँदै गरेको ग २ च ५९८८ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

रोकिराखेको जिपमा चढेका बालबालिकाले आफै गियर चलाउँदा जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
‘घटनाको अनुसन्धान भइरहेको छ । रोकिराखेको जिपमा चढेका बालबालिकाले गियर चलाउँदा आफै गुड्दै सडकदेखि तल खसेको प्रारम्भिक अनुमान गरेका छौं,’ प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले भने, ‘चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं ।’

घाइते हुनेमा स्थानीय मिनीज पुन (९वर्ष), हम्माया पुन (३३ वर्ष), भदेवी गर्वुजा (४१ वर्ष), मनबहादुर तिलिजा (५० वर्ष), सुकमाया गर्वुजा (३६ वर्ष), युवी गर्वुजा (७ वर्ष) वर्षा शेरपुजा (४ वर्ष),तविना शेरपुजा (१२ वर्ष) र असिम गर्वुजा (५ वर्ष) रहेका छन् ।

बेनी अस्पतालमा घाइतेहरुको उपचार भरहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते मिनीज पुन र हम्माया पुनलाई थप उपचारका लागि हेलिकोप्टरबाट पोखरा पुर्‍याइएको प्रहरीले जनाएको छ ।
कान्तिपुर