१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रियसभा बैठक अनिश्‍चितकालका लागि स्थगित

sarusaru
७ चैत्र २०७६, शुक्रबार ०६:४१

काठमाडौं : राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।विश्‍वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरेको संघीय संसदको कार्यवाहक महासचिव गोपालनाथ योगीले जनाएका छन्।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।

प्रतिनिधिसभा बैठक पनि चैत्र १३ गतेसम्मका लागि स्थगित गरिएको छ। कोरोना संक्रमण त्रासपछि सरकारले सर्वसाधारणलाई २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ।