१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०७६, शुक्रबार १०:०६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे सिंहदरबारबाट देशवासीका नाउँमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कोरोना भाइरसबाट नेपालीलाई सुरक्षित राख्न सरकारले गरिरहेको प्रयासका बारेमा जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको बताइएको छ ।

सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलई प्रवेश नदिइएको जनाइएको छ । दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारहरुलाई प्रवेश नदिइएको जनाइएको छ ।