१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोना संक्रमणः एनआरएनए युके अध्यक्ष गुरुङ र बेलायती सांसद बीच छलफल

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७६, शुक्रबार १८:५१

लन्डन । कोरोना भाइरसको कारण निम्तिएको विपतमा सहयोग गर्न एनआरएनए यूकेले आफ्नो सक्रियता बढाएको छ ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले शुक्रबार एक बेलायती सांसदसँग भेट गरी कोरोना प्रभावितहरुको लागि हुन सक्ने सहयोग र सहकार्यबारे छलफल गरेकी छन् ।

सांसद मरिया मिलरसँगको भेटमा फैलिंदो कोरोनाभाइरस संक्रमण रोक्नका लागि समुदायको स्तरबाट हुन सक्ने पहलहरुबारे छलफल भएको अध्यक्ष गुरुङले जानकारी दिइन् ।

‘हाल हाम्रा कतिपय पूर्व गोर्खाहरु नेपालमा हुनुहुन्छ । फर्किने बातावरण सहज छैन । ३० दिनभित्र फिर्ता नआउंदा पेन्सन क्रेडिट खोसिने सरकारको नीति छ । यो विषम परिस्थितिमा उनीहरुको लागि विशेष व्यवस्था हुनुपर्छ भनेर कुरा राखेकी छु’, उनले भनिन् ।

त्यसक्रममा सांसद मिलरले गोर्खाहरुको केसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायसम्म कुरा पुर्याउने आश्वासन दिएको अध्यक्ष गुरुङले बताइन् ।

भेटमा सांसद मिलर र एनआरएनए यूके अध्यक्ष गुरुङबीच बेलायतको आगामी जनगणनामा यहाँको नेपाली समुदायको सहभागिताबारे पनि कुरा भएको थियो ।