१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना संक्रमण पछि नेपाली दूतावास लण्डनको विषेश तयारी, हुलाकबाटै सेवा लिन सकिने (विज्ञप्ति)

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७६, शुक्रबार १९:३०

लण्डन । कोरोना भाइसरको संक्रमण बढे पछि लण्डनस्थित नेपाली दूतावासले सेवाग्राहीको लागि विषेश समय तालिका प्रकाशन गरेको छ । दूतावासले संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा संक्रमण फैलिरहेको सन्दर्भमा ती मुलुकमा बसोबास बस्ने सबै नेपाली र गैरआवासीय नेपालीहरुलाई सम्बन्धित सरकारले जारी गरेका नियमहरु पालना गरी उच्च सर्तकता अपनाउनु हुन अनुरोध समेत गरेको छ ।

दूतावासका प्रवक्ता शरद आरनद्धारा शुक्रवार जारी विज्ञप्तिमा राहदानी नवीकरण, यात्रा अनुमति पत्र, गैरआवासीय नेपाली परिचय पत्र, भीसा एवं कागजात प्रमाणीकरणका लागि यस राजदूतावासको वेवसाइटमा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत पठाउन सकिने उल्लेख छ ।

विज्ञप्तिको पूर्ण विवरण

कोरोना भाइरस सम्बन्धमा नेपाली राजदूतावास, लण्डनको अपिल

लण्डन । संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा ‘COVID-19’ संक्रमण फैलिरहेको सन्दर्भमा यी मुलुकमा बसोबास बस्ने सबै नेपाली र गैरआवासीय नेपालीहरुलाई सम्बन्धित सरकारले जारी गरेका नियमहरु पालना गरी उच्च सर्तकता अपनाउनु हुन अनुरोध गरिन्छ ।

साथै यस्तो असहज अवस्थामा आपसी सहयोग, सदभाव, सहभाव र समन्वय कायम गर्नु हामी सबैको कर्तव्य रहेको अनुरोध गर्दै संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा अवस्थित गैरआवासीय नेपाली संघ लगायत सबै नेपाली डायस्पोरा संघ, संस्था र समाजहरु, सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस प्रकोपद्धारा आपतविपत परेका नेपालीहरुलाई सुझाव, सूचना आदानप्रदान तथा यथासम्भव सहयोग उपलव्ध हुने व्यवस्थाका लागि हार्दिक अनुरोध गरिन्छ ।

COVID-19 को संक्रमण दिनानुदिन बढ्दै गैरहेको सन्दर्भमा यसको संक्रमणबाट बच्न हामी सबैको सतर्कता एवं सजगता अपरिहार्य छ । यस राजदूतावासबाट प्रदान गरिने सेवाहरु प्राप्त गर्न संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा रहनु भएका दिदीबहिनी एवं दाजुभाइहरुका लागि निम्नानुसार व्यवस्था गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

क) राजदूतावासको नियमित कन्सूलर सेवाहरु जस्तै: राहदानी नवीकरण, यात्रा अनुमति पत्र, गैरआवासीय नेपाली परिचय पत्र, भीसा एवं कागजात प्रमाणीकरणका लागि यस राजदूतावासको वेवसाइट www.uk.nepalembassy.gov.np मा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत पठाउने ।

ख) अधिकृत वारेशनामा र मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सही छाप गर्नुपर्ने कामका लागि अत्यन्त जरुरी अवस्थामा मात्र राजदूतावास आउने ।

ग) राजदूतावासमा आउनुपर्ने अत्यावश्यक काम भएमा टेलिफोन, इमेलबाट सम्पर्क गरी समय लिएर मात्र अफिस खुल्ने दिन विहान १० देखि १ बजेसम्म र अपरान्ह २ देखि ४ बजेसम्म आउने । विशेष कामका लागि आउँदा सम्बन्धित व्यक्ति मात्र आउने ।

घ) राजदूतावासको सेवा एवं अन्य कुनै जानकारी लिनुपरेमा यस राजदूतावासका देहायका फोन र इमेलमा सम्पर्क गर्नुहुन अनुरोध छ:

राजदूतावासको फोन +44 20 72291594(Office Secretary), 020 72299655(Visa), 02072437859 (Consular)

राजदूतावासको इमेल: [email protected], [email protected]

ङ) कार्यालय समय बाहेक र विदाको दिनमा अत्यन्त जरुरी परेमा निम्न पदाधिकारीहरुसंग सम्पर्क गर्न सक्नुहुनेछ:

उपनियोग प्रमुख, शरदराज आरण, मोवाइल नम्बर +447460595188

तृतीय सचिव, तेजेन्द्र रेग्मी, मोवाइल नम्बर +44 7427330837

यहाँहरुको सेवाको लागि राजदूतावास यस अघि जस्तै पूर्णरुपमा विहान ९ देखि अपरान्ह ५ बजेसम्म खुला रहने छ ।