१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा एकै दिन कोरोना संक्रमित १० हजार, १६९ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७६, शनिबार ०४:१२

न्यूयोर्क । अमेरिकामा एकै दिन कोरोना संक्रमितको संख्या १० हजार ४ सय ९० ले बृद्धि भई १९ हजार ६ सय नाघेको छ । गत २४ घण्टामा मात्र अमेरिकामा कोरोना भाइरसका कारण १ सय ६९ को मृत्यु भएको छ ।

योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २ सय ६३ पुगेको छ । संक्रमण बढेपछि न्यूयोर्क र क्यालिफोर्नियालाई पूर्णत लकडाउन गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पूरै देश ‘लकडाउन’ गर्नु पर्ने अवस्था भने नरहेको बताएका छन् ।

वासिङ्टनले अमेरिका–मेक्सिको अनावश्यक यात्रामा प्रतिबन्ध लगाएको छ । कम्तिमा ६० दिनका लागि विद्यार्थी सहुलियत ऋण लिन र तिर्न स्थगित गरिएको छ । महत्वपूर्ण मेडिकल सामाग्रीको आपूर्ती सहज बनाउन रक्षा उत्पादन ऐन ल्याउने तयारी गरिएको छ ।