१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना कहर भुलाउन बेलायतमा सित्तैमा पोर्न भिडियो सेवा

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७६, शनिबार ०५:५५

लन्डन । पूरै देश कोरोनाले आतंकित भइरहेको र आफैं क्वारेन्टाइनमा बस्नुपर्ने नियम इटाली सरकारले लगाइरहेका बेला क्यानडेली कम्पनी पोर्नहबले त्यहाँका बासिन्दालाई एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ।

‘यो बेला घरबाट निस्कने होइन,’ पोर्नहबलाई उद्धृत गर्दै बेलायती अखबार गार्डियनले भनेको छ, ‘घरमा एक्लै कसरी बस्नु? यसको विकल्पका रूपमा हामीले हाम्रो प्रिमियम सेवा सबै इटालीलाई सित्तैमा दिने निर्णय गरेका हौं। यसले उहाँहरूको एकल जीवनमा चार चाँद लगाउने अपेक्षा गरेका छौं।’

गम्भीर समयमा कम्पनीको यो विज्ञापन गर्ने शैलीलाई भने केहीले विरोध गरेका छन्।