१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टोकियो ओलम्पिक सार्ने तयारी

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७६, सोमबार ०५:३५

ओस्लो । टोकियो ओलम्पिक खेल सर्ने सम्भावना थप बलियो भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ‘आइओसी’ले जुलाईमा सुरु हुने तय भएको खेल सार्ने विषयमा छलफल थालेको हो ।

आइतबार भएको आइओसीको कार्यकारी बोर्डको बैठक बैठकले ओलिम्पक सार्ने विषयमा निर्णय गर्न कम्तिमा चार हप्ता समय लाग्ने जनाएको छ । बैठकमा विश्वभर कोरोनाको प्रभाव थप भयावह बन्दै गएकाले ओलम्पिक सार्ने विषयमा छलफल भएको हो ।

चाँडै नै ओलम्पिकको नयाँ सुरुवात मिति तय हुने सम्भावना रहेको उसले जनाएको छ । कोरोना संक्रमण बढदै जाँदा आईओसीलाई खेलाडी तथा राष्ट्रिय ओलम्पिक कमिटिहरुले खेल सार्न दबाब दिइरहेका छन् । टोकियो ओलम्पिक जुलाइ २४ मा सुरु हुने पूर्व निर्धारित कार्यक्रम छ ।

तर त्यो समयमा खेल हुने सम्भावना अन्त्य भइसकेको छ । केही दिनअघि जापानले भने टोकियो ओलम्पिक निर्धारित समयमा गर्न आफु प्रतिबद्ध रहेको बताएको थियो ।