१३ बैशाख २०८१, बिहीबार
Follow Us

आफ्ना नागरिकलाई तत्तकाल देश फर्कन वेलायत सरकारको आग्रह

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७६, सोमबार १८:५९

लण्डन । वेलायत सरकारले हाल विदेशमा यात्रा गरिरहेका ब्रिटिस्हरूलाई देश फर्कने आग्रह गरिएको छ।

वेलायतको परराष्ट्ट मन्त्रालयले सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै पर्यटन र छोटो कामकाजको लागि विदेशमा रहेका आफ्ना नागरिकलाई तत्तकाल फिर्ता हुन् अनुरोध गरेको हो । सरकारले उनीहरुलाई वेलायत सम्म ल्याउन व्यावसायिक उडानहरू उपलब्ध गराउने भएको छ ।

मन्त्रालयले बेलायतका नागरिकहरूलाई सल्लाह र सहयोग दिनको लागि चौबीसै घण्टा कर्मचारीले काम गरिरहेको जनाएको छ ।

मन्त्रालयले विदेशमा छुट्टीमा रहेका बेलायतीहरुलाई समय छँदै घर फर्कन भनेको छ । यस्तै बीच वेलायती प्रधानमन्त्री बोरीस जोन्सनले आज साँझ कोरोना सम्वन्धमा देशवासीको नाममा विषेश सम्वोधनको तयारी गरेका छन् ।