१३ बैशाख २०८१, बिहीबार
Follow Us

९५ वर्षिया बृद्धा कोरोना भाइरस मुक्त

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७६, सोमबार १९:४८

लण्डन । ईटालीको एक अस्पतालमा उपचारार्थ भर्ना भएकी एक ९५ वर्षिया बृद्धा कोरोना मुक्त भएकी छन् ।
स्थानिय संचारमाध्यमका अनुसार मोडेना प्रान्तकी अल्मा क्लारा कोर्सिनीका कोरोना मुक्त भएकी हुन् ।

उनको उपचारका खटिएका स्वास्थ्यकर्मीले विश्वव्यापी महामारीको बीचमा उनी स्वस्थ भएपछि दावी गरेका छन् ।
मार्च पहिलो साता अस्पतालमा भर्ना भएकी उनको अस्पतालको ओछ्यानबाट कुरा गर्दै भनेकी छन ‘हो, हो, म ठीक छु।’

‘तिनीहरू असल मानिसहरू थिए जसले मलाई राम्रोसँग हेरचाह गरे, र अब उनीहरूले मलाई केही बेरमै घर पठाउँछन्।’