१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टोकियो ओलम्पिक एक वर्ष स्थगित हुने संकेत

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०७६, मंगलवार ०४:००

टोकियो । टोकियो ओलम्पिक २०२० एक वर्ष स्थगित हुने देखिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका सदस्य डिक पाउण्डले कोरोनाको प्रभावका कारण ओलम्पिक एक वर्ष स्थगित हुन सक्ने बताएका हुन् ।

बेलायती ओलम्पिक कमिटिका अध्यक्ष टोकियो ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने बताएको केही समयमा पाउण्डको सो भनाइ बाहिर आएको हो ।

अष्ट्रेलिया र क्यानडाले यसअघि नै टोकियो ओलम्पिकमा आफुहरु सहभागी हुन नसक्ने बताइसकेका छन् । टोकियो ओलम्पिक जुलाई २४ वाट हुने कार्यतालिका छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले प्रतियोगिताको बिषयमा निर्णय गर्न चार हप्ताको समय माग गरेको छ ।