१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्वास्थ्य लाभपछि भगवती अस्पतालबाट डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७६, बुधबार ०५:१६

लन्डन । लन्डनमा कोभिड-१९ पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएकी भगवती रानाभाट स्वास्थ्य लाभपछि घर फर्किएकी छन् ।

गत शुक्रबारदेखि लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचारपछि उनी घर फर्किएकी हुन् । १० दिनको सेल्फ आइसोलेसनपछि कोभिड-१९ सँग लड्दै छु’, आइतबार बेलुका उनले आफ्नो फेसबुकमार्फत लेखेकी थिइन् ।

गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन्। त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरोले समात्यो। छोरी फर्मासिस्ट भएकाले सिटामोल र आइबुप्रोफिन लिन सुझाइन्एकी थिइन् ।

औषधिले निको नभएपछि गत १८ तारिख बुधबार हस्पिटल गएर एक्सरे गरेपछि एन्टिकायोटिक लिइरहेकी उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको थियो । उनलाई संक्रमण भएपछि श्रीमान् मीन रानाभाटसहित एक छोरा र छोरी अहिले घरमा सेल्फ आइसोलेसनमा बसेका थिए ।