८ बैशाख २०८१, शनिबार
Follow Us

स्पेनमा करिब ५० हजारलाई कोरोना, ३ हजार ४ सय ३४ को मृत्यृ

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७६, बुधबार १९:४८

बार्सिलोना। स्पेनले अत्यावश्वक स्वास्थ्य सामग्री खरिदका लागि चीनसँग औपचारिक सम्झौता गरेको छ। ४ सय ३२ मिलियन युरो खर्च गरेर अत्यावश्वक स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको हो। बुधबार स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर इयाले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।

कोरोना भाइरस परीक्षण गर्ने किट, मास्क,ग्लोभ,अत्यावश्यक भेन्टिलेटर,सुरक्षात्मक सामग्री तथा उपकरणहरू यसै हप्तादेखि पहिलो डेलिभरी हुने मन्त्री इयाले बताए।

नोवेल कोरोना भाइरस ९कोभिड (१९) संक्रमणबाट बुधबार दिउँसोसम्म स्पेनमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट इटालीपछि सबैभन्दा धेरै स्पेनमा भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ७ हजार ९३७ जना नयाँ संक्रमितहरु भेटिएका छन् ।

हालसम्म मुलुकभर ४७ हजार ६१० जनालाई कोराना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ। तीन हजार १६६ जनाको आईसीयूमा उपाचार भइरहेको छ भने तीन हजार ७९४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड (१९) का कारण अहिलेसम्म १९ हजार ६ सय ७ जनाको मृत्यु भइसकेको छ।