१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना बिरुद्ध लड्न बेलायतमा ४ लाख स्वयंसेवक खटिए

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७६, बुधबार २०:४७

लण्डन । कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि वेलायतका लाखौं मानिसले स्वयंसेवक भएर स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने घोषणा गरेका छन् ।

वेलायती संचारमाध्यमका अनुसार २४ घण्टा भित्र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई सहयोग पुर्‍याउने उदेश्यले ४ लाख भन्दा बढीले आफ्नो नाम दर्ता गरेका छन् ।

सरकारले मंगलवार स्वयमंसेवाको लागि आवेदन माग गरेको पछि एकै रातमा लाखौं मानिसले आफ्नो नाम गर्ता गरेका थिए ।

बुधवार सम्म स्वयंमसेवक बन्न नाम दर्ता गरेकाहरुले आउने सात देखि एनएचएसमा काम थाल्ने बताएको छ ।

एनएचएसले ७ लाख ५० हजार भन्दा बढी स्वयंसेवक तयार पार्ने लक्ष लिएको छ ।

यसै बीच सरकारले पूर्वी लण्डनको एक्सल केन्द्रमा ४ हजार शय्याबको अस्थायी अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गरेको छ।

वेलायतका ८ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ सय ६५ जनाको ज्यान गैइसकेको छ ।