७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७६, बिहीबार ०३:५८

लन्डन । विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । कोरोना सत्रंमणवाट १९८ राष्ट्र प्रभावित भएका छन् । विश्वभर २१ हजार २ सय ८३ जनाको मृत्यु भएको छ । ४ लाख ७१ हजार भन्दा बढीमा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । १ लाख १४ हजार उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा भएको छ । थप ६ सय ८३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ । संक्रमितको संख्या ७४ हजार ३ सय भन्दा बढी छ । इटालीमा ९ हजार ३ सय ६२ जना उपचारपछि घर फर्किएका छन् ।

स्पेनमा मृतकको संख्या ३ हजार ६ सय ४७ पुगेको छ । स्पेनका उपप्रधानमन्त्री कार्मेन काल्भो कोरोना संक्रमित पुष्टि भएको छ । इरानमा कोरोनाकै कारण २ हजार ७७ जनाको मृत्यु भएको छ । जर्मनीमा २ सय ६ जनाको मृत्यु भएको छ भने ३७ हजार ३ सय २३ जना संक्रमित छन् ।

अमेरिकामा १ हजार २७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६८ हजार नाघेको छ । फ्रान्समा १ सय ३ सय ३१ जनाको मृत्यु भएको छ । २५ हजार भन्दा बढी संक्रमित छन् । दक्षिण कोरियामा १ सय २६ जनाको मृत्यु भएको छ भने ९ हजार १ सय ३७ जना संक्रमित छन् ।

यस्तै बेलायतमा कोरोनाका कारण ४ सय ६५ जनाको मृत्यु भएको छ । यता छिमेकी मुलुक भारतमा १२ जनाको मृत्यु र संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।