१३ बैशाख २०८१, बिहीबार
Follow Us

लकडाउन उल्लंघन गर्नेलाई मेयरको भाटा

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७६, बिहीबार ०४:१०

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुखहरुले लकडाउन उल्लंघन गर्नेलाई लाठी हानेर लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बुधबार पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्डमा नगर प्रमुख खड्ग फागो प्रहरीसँगै सडकमा लकडाउन पार्न खटिएका हुन् ।

सो क्रममा उनले सरकारी आग्रहको अवज्ञा गरी जबरजस्ती गर्ने र विनाकाम घुमफिर गर्नेलाई भाटाले हानेर लखेटेका हुन । लकडाउनको महत्व नबुझेर मानिसहरु घुम्न निस्केपछि नगरप्रमुख नै सडकमा त्यसलाई नियन्त्रणका लागि खटिएका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले लकडाउनको पालना गर्न आग्रह गरेपनि अटेर गर्ने क्रम बढेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ । बुधबारमात्रै लकडाउन उलग्घन गर्ने दुई दर्जनभन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।