१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘कोरोना भाइरस ‘ भिसाको घोसणा !

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७६, बिहीबार ११:५८

कमल कंडेल । भिजिटर भिसामा युक्रेन् बाट बेलायत घुम्न आएकी करोना भाइरस महामारीले बेलायतमा अड्किएकि क्यान्सर पिडित ८० बर्सकी हजुरआमालाई बेलायती होम अफिसले जहाज नपाए कार चढेर भए पनि फर्किनु भनेको समाचार सार्बजनीक आएपच्चात होम अफिसले २४ जनवरी २०२० देखि भिसा (expire) सिद्दिनेहरुको ३१ मे २०२० सम्म थपी दिने घोषणा गरेको छ । यस अघि चिनिया नागरिकको भिसा automatically ३१ मार्च लम्बिने घोसणा गरेको थियो ।

कोरना भाइरस संग सम्बन्धित यात्रा प्रतिबंध ( travel restrictions) क कारणले कसैको भिसा expire भएमा वा बेलायत छोड्न नसकेमा ओभरस्टेयर तथा भविष्यका भिसा निबेदनमा कुनै असर नपर्ने पर्त्यभुती पनि दिईएको छ। यो कुराको पुस्टिगर्दै गृहमन्त्री प्रिती पटेलले यात्रा प्रतिबंधले घर फर्किन नसकेकाहरूलाई पक्राउ नगर्ने जानकारी गराएकि छन् ।

कोरना भाइरसको कारणले यात्रा प्रतिबंध ( travel restrictions) तथा स्वयं-अलगावको कारण (self-isolation) बेलायत छाड्न नसक्नेहरुले मात्र यो घोसणाबाट फाइदा लिन सक्ने छन् ।

यसकालागि होम अफिसको कोरोनाभाइरस आप्रवासन समुहको ईमेल [email protected]
मा नाम , जन्म मिति , राष्टियता र भिसा विवरण आदि पठाउनु पर्ने हुन्छ। 0800 678 1767 मा फोनगरेर सोधपुछ पनि गर्न सकिन्छ ।

in country switch

त्यस्तै गरि होम अफिसले एउटा भिसा category बाट अर्को भिसा category मा switch गर्ने चाहने हरुलाइ केहि लचकता अपनाएको छ ।

सामान्यतया in country switch गर्न नमिलेर आफ्नो देशमा फर्केर निबेदन दिनु पर्नेहरुले अब बेलायत बाट नै switch हुन पाउने छन। जस्तो टिएर २ dipendent ले टियर २ जनरल भिसामा मा switch हुनाकालागि आफ्नो देशमा गएर निबेदन लागि गर्न नपर्ने हुन्छ ।

कोरना भाइरसको कारणले बायोमेट्रिक अपोइन्टमेन्टमा उपस्थित हुन नसकेमा वा ढिलाइ गरेमा ओभरस्टेयरको रूपमा नमानिने कुराको पर्त्याभुती गरिएको छ ।

टियर ४ विद्यार्थी
सामान्यतया टियर फोर भिसा भएका विद्यार्थीहरूलाई distance learning कोर्सहरू गर्नका लागि अनुमति नहुने भए पनि बिशेष परिस्थितिलाइ मध्यनजर गरेर विद्यार्थीहरू बेलायतमा वा आफ्नो देश फर्केर पढाईलाइ निरन्तरता दिन चाहेमा युनिभर्सिटीले sponsorship फिर्ता गर्न नहुने उल्लेख गरिएको छ ।

टियर ४ भिसा जारी गरिएको तर बेलायतको यात्रा गर्न असमर्थ भएका नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई दुर शिक्षा (distance learning )लिन कुनै रोकावट नहुने तथा युनिभर्सिटीले sponsorship फिर्ता गर्न नपर्ने बताइएको छ ।

टियर २ र टिएर ५ भिसा
टियर २ र टिएर ५ भिसामा हुने हरूले घरबाट काम गर्दा स्पोंसरले होम अफिसलाई रिपोर्ट गर्न नपर्ने गराइएको छ ।

अध्यागमन जमानत

अध्यागमन जमानत( immigration bail ) मा रहेर नियमित रुपमा होम अफिसमा रिपोर्टिंग गर्न पर्ने नियमलाई अस्थायी रूपमा स्थगित गरिएको छ ।

बेलायत बाहिर

बेलायत बाहिर हुनेहरुलाई होम अफिसले नजिकको Visa Application Centre (VAC) (VFS global तथा TLS contact )मा सम्पर्क गर्न भनेका छ । तर Europe, Africa and केहि Middle East देशहरु बाहेक संसारका सबै देशमा रहेको VFS को customerr service साह्रै गएगुज्रेको जानकार तथा सेवा पर्दाइहरु बताउदछन । काठमांडूबाट धरै टाढा बस्ने बृध्द, बृध्दा तथा असक्तले चुनेका आफन्त तथा प्रतिनिधिलाई पासपोर्टनदिई आफै काठमाडौँ आएर पासपोर्ट लिनु पर्ने बाध्यता VFS काठमांडूले गराएको छ ।

बायोमेट्रिक अपोइन्टमेन्ट बुक गरिएका भिसा Application Centre (VAC) बन्द भएमा निबेदकलाई सम्पर्क गरि अपोइन्टमेन्ट रद्द भएको जानकारी गराइनि जानकारी गराएइएको छ ।

भिजिट भिसामा आएर बेलायतमा बितरा परेका वा बिद्यार्थी भिसा expire हुन लागेको तर रोजगार दाताले स्पोन्सर licence को निर्णय पर्खिराखेका अबस्थामा यो घोसणाले राहत दिए पनि बेलायतमा पारिबारिक तथा लामो समय काम गर्ने भिसामा लामो समयकालागि आएका हरुले आफ्नो भिसा expire हुनु अगाडी नै apply गर्नु राम्रो हुन्छ किनकि निबेदन घरमा नै self-isolation बसेर online गर्न सकिन्छ ।