April 10, 2020

कोरोनाबाट बेलायतमा थप जना नेपालीको मृत्यु

  26th March 2020 मा प्रकाशित

लण्डन । लण्डनमा फेरि अर्का एक नेपालीको कोरोना (कोभिड-१९) भाइरसको संक्रमणबाट मृत्यु भएको छ। गत सोमबार बिहान निधन भएका साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको पुष्टी भएको हो।

लण्डनमै रहेका मृतक अर्याल नातेदार पदम कार्कीका अनुसार बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको हो।

यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

दुई दशक भन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका अर्याललाई यसअघि ब्लड प्रेसरबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले बताएको छ।

केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो। स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो।

चितव पुख्र्यौली घर भएका मृतक अर्याल श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए। पछिल्लो समय उनी एकाउन्टिंग फर्ममा कार्यरत थिए।

मृत्युअघिको क्षण परिवारलाई लाइभ भिडियोमा देखाइएको थियो। अर्यालको निधन हुनुअघिको अन्तिम क्षण उनकी श्रीमती र छोराछोरीले घरमै बसेर लाइभ भिडियोमा हेरेका हुन्।

प्रतिक्रिया