१३ बैशाख २०८१, बिहीबार
Follow Us

अब आधा भरेको ग्यास सिलिण्डर मात्र पाइने

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७६, बिहीबार १२:२८

काठमाडौं । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ । माग अनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि आयल निगमले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको हो ।

निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघले जनाएको छ । यसअघि सिलिण्डरमा १४ दशमलब २ केजी ग्यास बिक्री हुँदै आएकोमा अब ७ दशमलब १ केजी मात्रै दिनेछ ।