१२ बैशाख २०८१, बुधबार
Follow Us

इन्डक्सन चुल्होबाट खाना पकाउँदा विद्युत् महशुलमा २० प्रतिशत छुट

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७६, बिहीबार १२:३०

काठमाडौं । सरकारले लकडाउनका वेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई दृष्टिगत गरेर बिजुली चुल्हो ‘इन्डक्सन’ प्रवर्द्धन गर्ने भएको छ । बिजुली चुल्होबाट खाना पकाउँदा सरकारले विद्युत् महशुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालले बिजुली चुल्होबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत छुट दिने भएको हो । ऊर्जा मन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई महशुलमा छुट दिन निर्देशन दिएका मन्त्रालयले जानकारी दिएको छ ।

बिजुली चुल्होमा छुट दिंदा बाहिरबाट आयात हुने ग्यासको विस्थापनमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ । ग्यासको संभावित अभावलाई समाधान गर्न र विद्युतको आन्तरिक खपत बढाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण देशभर नै बन्दाबन्दी भएर उद्योग, कलकारखाना बन्द भएपछि विद्युत् खपतमा भारी गिरावट आएको छ । सामान्य अवस्थामा १२ सय मेगावाट विद्युत माग हुँदै आएकोमा हाल घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ ।