१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पशु रोग अन्वेषणको प्रयोगशालालाई कोरोना परीक्षणका लागि प्रयोगमा ल्याऔं : गगन थापा

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७६, बिहीबार १२:३२

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पशु रोग अन्वेषणको प्रयोगशाला कोभिड १९ को परीक्षणका लागि प्रयोगमा ल्याउन सकिने सुझाव दिएका छन् । नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ट्विटरमार्फत उनले यस्तो सुझाव दिएका हुन् ।

कोरोना संक्रमितको परीक्षण बढाउन बर्ड फ्लुमा प्रयोग गरिएको त्रिपुरेश्वर स्थित केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा थप केही व्यवस्थापन गरी तुरुन्त प्रयोगमा ल्याउन सकिने थापाको भनाइ छ ।

उनले ल्याव अभावमा परीक्षणको क्रम बढाउन नसकिएकाले प्रयोगविहीन ल्याव सञ्चालनमा ल्याउने विषयमा प्रधानमन्त्री केपी ओलीको समेत ध्यानाकर्षण गराएका छन् ।