१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनले दिने मेडिकल सामान ल्याउन निगमको जहाज चीन जाने

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७६, बिहीबार १५:२७

लण्डन । कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन शनिबार नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जाने भएको छ।

नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने बताएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वास्थ्य उपकरणहरु नेपाली दूतावास चीनलाई हस्तान्तरण गर्ने तयारी गरेका छ ।
चीन सरकारले अनुदानको रूपमा दिने भनेको स्वास्थ्य सामग्री आउन केही समय लाग्ने भएकोले नेपाल सरकार आफैंले स्वास्थ्य सामग्री ल्याउन लागेको हो । स्वास्थ्य सामग्री आइतबारसम्म नेपाल आइपुग्ने बताएको छ।