७ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायतमा नेपालीले गराए २ सय स्वास्थ्यकर्मीलाई निशुल्क भोजन

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७६, बिहीबार १९:३२

लण्डन । कोरोनाबाट विश्वव्यापी आक्रान्त र लकडाउन भइरहेका बेला बेलायतका कार्यरत स्वास्थ्यकर्मीहरुको मनोवल बढाउने उदेश्यले नेपाली समुदायले निशुल्क भोजन गराएका छन् ।

लिंकनशारको वोर्नमा नेपालीद्धारा संचालित गोर्खा ९१ (नाइन्टि वान) ले बर्न र पिटरवरो सिटी अस्पतालमा कार्यरत राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत २ सय जनालाई निशुल्क भोजना गराएको रेष्टुरेन्ट संचालक कृष्ण लुईटेलले जानकारी दिए ।

लुईटेलले कोरोना भाइरसको महामारीमा पनि सकृय रुपमा स्वास्थ्य क्षेत्रमा कार्यरत संघर्षरत स्वास्थ्यकर्मीको मनोबल बढाउने उदेश्यले निशुल्क खाना वितरण गरिएको बताए ।
गैरआवासीय नेपाली संघ (युके) को च्यारीटी समितिको सदस्य समेत रहेका लुईटेलले अप्ठ्यारो अवस्थामा आफ्नो तर्फबाट समाजको लागि केही गरौं भन्ने भावनाले उत्प्रेरित भएर अस्पताल लगायतको क्षेत्रमा नेपाली खाना वितरण गरिएको जनाए ।

विहीवार बर्नको जीपीमा ४० र पिटरवारो सिटी अस्पतालको कोरोना पिडित रहेको वार्डमा रहेका करिब १६० जना स्वास्थ्यकर्मीहरुले नेपाली खानाको स्वाद लिएका थिए । लुईटेलले आफ्नो सानो सहयोगले अरुलाई पनि केही गरौं भन्ने भावना प्रेरित हुनेमा विश्वास व्यक्त गरे।

स्वास्थ्यकर्मीहरुको लागि चिकेन, ल्याम करी, राइस, चिकेन टिक्का, नान, पापडाम, बम्बेआलु, अनियनभाजी, लगायतको स्वादिस्ट खानाको प्रवन्ध गरिएको संचालक मध्यका एक भिम खनालले जनाए ।

गोर्खा ९१ रेष्टुरेन्टले अगामी दिनमा समेत परोपकारी काम गर्ने योजना बनाएको अर्का संचालक प्रमोद ढकालले बताए ।

वेलायतका कोराना संक्रमणबाट ५ सय ७९ जनाको मृत्यु भैसकेको छ भने ११ हजार ५ सय ६८ जना संक्रमित छन् ।

४ लाख जनाले एनएचएसमा स्वयंसेवक भएर काम गर्न ईच्छुक भएको भन्दै आफ्नो नाम सरकार समक्ष दर्ता गराएका छन् ।