१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा कोरोनाबाट ५७८ को मृत्यु, एकै दिनमा १०० थपिए

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७६, बिहीबार १९:५०

लण्डन । बेलायतमा कोभिड १९ बाट ज्यान गुमाउनेहरुको संख्या ५७८ पुगेको छ। बिहीबार मात्र १०० जनाको मृत्यु भएको वेलायती संचारमाध्यमहरुले जनाएका छन् ।
जम्मा १ लाख ४ हजार ८ सय ६६ जनामा कोरोना परिक्षण गरिएकोमा ९३ हजार २ सय ८ जनामा कोरोनाको लक्षण देखिएन भने ११ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोनाको संक्रमण पछि वेलायतले आंशिक रुपमा लकडाउन गरेको छ । शुक्रवार साँझ देखी पव, रेष्टुरेन्ट, सिनेमा लगायत मानिसहरु भेला हुने स्थान बन्द गरिएका छन् । वेलायत सरकारले कोरोनाको कारणले जागिर गुमाउनेहरुलाई उनिहरुको तलब को ८० प्रतिशतसम्म रकम दिने घोषणा गरेको छ ।