१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुटुको चालमा समस्या आएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७६, शुक्रबार ०४:०७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ । बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । मुटुमा केही समस्या भएपछि उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल भर्ना गरिएको चिकित्कसले बताएका छन् । हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

उनको स्वास्थबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसको ११ दिनपछि उनी प्रधानमन्त्री निवास बालुवाटार फर्केका थिए । सो क्रममा चिकित्सकले उनलाई कडा सावधानी अपनाउन सुझाव दिएका थिए ।