१५ चैत्र २०८०, बिहीबार
Follow Us

कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७६, शुक्रबार ०४:१४

लन्डन । विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । कोरोना सक्रमणवाट १९९ राष्ट्र प्रभावित भएका छन् । विश्वभर २४ हजार ७० जनाको मृत्यु भइसकेको छ भने ५ लाख ३१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । १ लाख २३ हजार उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको संक्रमणको केन्द्रविन्दु अहिले युरोप र अमेरिका बनेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणदर उच्च देखिएको छ । त्यहाँ एकै दिन १७ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या १ हजार २ सय ९३ पुगेको छ । इटलीमा कोरोना संक्रमितको संख्या ८० हजार ५ सय नाघेको छ भने ८ हजार २ सय १५ जनाको मृत्यु भइसकेको छ ।

बिहीबार कोरोनाका कारण सबैभन्दा बढी स्पेनमा ७ सय १८ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या करिव ५८ हजार पुगेको छ । जर्मनीमा ४४ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २ सय ६७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, फ्रान्समा कोरोनाका कारण १ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ भने ३० हजारभन्दा बढी संक्रमित भएका छन् । बेलायतमा पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

यसैगरी, कोरोनाका कारण इरानमा २ हजार २ सय ३४, नेदरल्याण्डमा ४ सय ३४, बेल्जियममा २ सय २०, दक्षिण कोरियामा १ सय ३० जनाको मृत्यु भएको छ । चीनमा भने कोरोना संक्रमितको संख्या र मृत्युदर घटेको छ । त्यहाँ पछिल्लो चौविस घण्टामा पाँच जनाको मृत्यु । ५५ जना नयाँ संक्रमित भेटिएका छन् ।