४ बैशाख २०८१, मंगलवार
Follow Us

अब भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याइदिने

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७६, शुक्रबार ०४:१८

काठमाडौं । भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने सेवा सुरु गरेको जनाएको छ । सरकारले दैनिक उपभोग्य बस्तु घरघरमा पुर्‍याउन निर्देशन दिएपछि फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्ने गरी होम डेलिभरी सेवा उसले थालेको हो ।

आफूलाई आवश्यक परेको सामान अर्डर गर्न कम्पनीले उपलब्ध गराएको फोन नम्बरमा कल, म्यासेस, भाइबर र व्हाट्सएपमार्फत जानकारी गराउन सकिने भाटभटेनीले जनाएको छ । यसका लागि ग्राहकले आफ्नो नाम, फोन नम्बर र ठेगाना उपलब्ध गराउनुपर्नेछ ।