१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनसेलको रिचार्जमा १२० प्रतिशत बोनस पाइने

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७६, शुक्रबार ०४:२०

काठमाडौं । एनसेलका सबै ग्राहकले प्रत्येक ब्यालेन्स रिचार्जमा १ सय २० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेलले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अहिले देशभर कायम रहेको ‘लकडाउन’को अवस्थामा ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाइ नहोस् भनेर बोनस रकम प्रतिशतमा वृद्धि गरेको जनाएको छ ।

ग्राहकले रिचार्ज बापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्कभित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।