१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७६, शुक्रबार ११:५३

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । प्रधानमन्त्री जोनसनका मुख्य स्वास्थ्य अधिकृत प्राध्यापक क्रिस विट्नीको व्यक्तिगत सुझावमा प्रधानमन्त्री जोनसनले कोरोना भाइरस परीक्षण गरेका थिए ।

प्रधानमन्त्री कार्यालय डाउनस्ट्रिटले दिएको जानकारीअनुसार उनी प्रधानमन्त्री कार्यालयमै एकान्तवास (सेल्फ आइसोलेसन) मा बस्ने छन् । प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ देखिए पनि उनले सरकार सञ्चालनको नियमित काम कारबाही गरिरहने छन् ।