७ बैशाख २०८१, शुक्रबार
Follow Us

ईटाली र स्पेनमा कसरी मरे हजारौं मानिस, के भन्छन् प्रत्यक्षदर्शी नेपाली ? (भिडियो)

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७६, शुक्रबार १९:२९

लण्डन । कोरोना भाइरसको महामारी फैलिदो छ । युरोप क्षेत्र अहिले कोरोनाको इपी सेन्टरको रुपमा चिनिन् थालेको छ । यरोपमा ईटाली र स्पेन पछिल्लो समयमा नराम्रोसंग प्रभावित भएका देशहरु हुन् । पछिल्लो आँकडा अनुसार ईटालीमा ९ हजार भन्दा बढीको ज्यान गएको छ भने स्पेनमा करिब ५ हजार जनाको मृत्यु भएको छ । कोरोनाको प्रभाव नेपाली समुदायमा समेत परेको छ । ईटालीमा ८० हजार जनामा कोरोना संक्रमण हुदाँ एक जना नेपाली पनि परेका छैनन् भने स्पेनमा ४ जनालाई कोरोना संक्रमण भएको छ । यसै सन्दर्भमा नेपालब्रिटेन डट कमले ईटालीस्थित गैरआवासीय नेपाली संघका उपाध्यक्ष छलिलाल कंडेल र स्पेनस्थित एक सकृय पत्रकार बसन्त रानाभाटसंग गरिएको कुराकानीको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।