६ बैशाख २०८१, बिहीबार
Follow Us

सनराइज बैंकद्वारा प्रहरीलाई पीपीई सामाग्री सहयोग

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७६, शुक्रबार २१:३७

काठमाडौं । सनराइज बैंकले नेपाल प्रहरीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीलाई ६५ थान पीपीई सहयोग गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस रोकथाममा प्रयोग हुने पीपीई नेपाल पुलिस अस्पताल महाराजगन्जमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरूको प्रयोगका लागि सहयोग गरेको जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकले आगामी दिनमा पनि देशका विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने बताए ।