१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दुबईबाट फर्केका ३४ वर्षीय युवकमा पनि संक्रमण पुष्टि

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७६, शनिबार ००:२२

काठमाडौँ । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुबईबाट फर्केर धनगढीस्थित सेती अस्पतालमा उपचार गराइरहेका ३४ बर्षे पुरूषमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका छन्।

स्वास्थ्य मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै उनी उपत्यकाबाहिरबाट कोरोना भाइरसको संक्रमण पुष्टि भएका पहिलो व्यक्ति भएको पनि उल्लेख गरेको छ।

यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्।