१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विदेश बस्‍ने नेपाली विद्यार्थीले सहजै पैसा ल्याउन पाउने

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७६, शनिबार ००:५२

लन्डन । सरकारले नेपालमा रहेका विदेशीहरु आफ्नो देश फर्किन चाहन्छन् भने उनीहरुलाई सम्बन्धित दूतावासमार्फत् सहजीकरण गरिदिने भएको छ । यसअघि समिति बैठकले नेपालस्थित विदेशी नागरिकलाई उद्धार गरेर क्‍वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा भएका नेपाली विद्यार्थीलाई खर्च पठाउनका लागि पनि सहजीकरण गरिदिने निर्णय गरेको छ ।

‘विदेशमा रहेका नेपाली विद्यार्थीलाई अभिभावकहरुले खर्च पठाउने हो हामीले आवश्यक डलर सटहीदेखि पठाउने प्रक्रियासम्म सहजीकरण गर्ने निर्णय गरेका छौं’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायणप्रसाद विडारीले भने ।

बैठकअघि समितिका सदस्यहरुले शुक्रबार विभिन्न अस्पतालका चिकित्सिकहरुसँग परामर्श गरेका थिए । बैठकमा चिकित्सकहरुले स्वास्थ्य उपकरण र चिकित्सकहरुका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नहुँदा समस्या परेको बताएका थिए ।

बैठकमा समिति संयोजक ईश्वर पोखरेलले शनिबार आवश्यक स्वास्थ्य उपकरण लिन नेपाली विमान चिनको गोन्जाओ जाने भएकाले अब आइतबारदेखि स्वास्थ्य उपकरणको समस्या नहुने आश्वासन दिएका थिए । नेपाल वायु सेवा निगमको वाइडबडी जहाज शनिबार २ बजे चीन जाँदैछ ।