June 6, 2020
8:17 AM | 1:02 PM

विरामीप्रति समर्पित ममता

  28th March 2020 मा प्रकाशित

न्यूयोर्क । आफ्नो ३ महिनाको बच्चा घरमै छाडेर न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा कोभिड १९ को हेरचाहमा कार्यरत नेपाली नर्स ममता ढकालले अमेरिकामा नेपालीहरु लगायत सबैलाई घरभित्रै बस्न आग्रह गरेकी छिन् ।

उनले सामान्य खालको लक्षण देखिएको छ भने पनि घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्न र कोरोना भाइरस पोजेटिभ नै भएपनि सामान्य लक्षण भएको अवस्थामा घरभित्रै बस्नु उपयुक्त हुने बताइन् ।

कोरोना संक्रमणको जस्तो सामान्य लक्षण देखिएका तर संक्रमण नभएका बिरामीहरु कोरोना परीक्षणका लागि अस्पताल आउँदा भींडभाड र लाइनमा झन् संक्रमणको खतरा हुने भएकाले सामान्य लक्षण देखिनासाथ अस्पताल नआउन उनले सुझाव दिएकी छिन् ।

प्रतिक्रिया