११ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोना लक्षित वेब पोर्टल ‘डाँफे हेल्थ डटकम’ सञ्चालनमा

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७६, शनिबार ०५:२०

काडमाडौं । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न आजदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टैल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सूचना र ज्ञान सीप आदान प्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिएको हो । डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्यक्षेत्रमा आवद्ध धेरै व्यक्तिहरुको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ । वेबसाइटले कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सिप आदनप्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।