June 6, 2020
9:30 AM | 2:15 PM

सम्भावित सङ्क्रमितका नमूना लिन गएको जहाज धावनमार्गमा चिप्लियो

  28th March 2020 मा प्रकाशित

नेपालगन्ज । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ ।

कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन गएको निगमको चार्टर्ड उडानको जहाज धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको हो । जहाजमा सवार सबै व्यक्ति सकुशल रहेको र जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानतर्फ पुगेको निगमका प्रवक्ता अर्चना खड्काले राससलाई जानकारी दिनुभयो ।

उहाँले चिकित्सकसहितको नमूना सामग्री लिन निगमको अर्को जहाज नेपालगञ्ज पठाइने बताउनुभयो ।

प्रतिक्रिया