७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा कोरोनाबाट १०१९ को मृत्यु, एकै दिनमा २६० थपिए

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७६, शनिबार १४:१८

लण्डन । बेलायतमा कोभिड १९ बाट ज्यान गुमाउनेहरुको संख्या १०१९ पुगेको छ। शनिवार मात्र २६० जनाको मृत्यु भएको वेलायती संचारमाध्यमहरुले जनाएका छन् ।
१७ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोनाको संक्रमण पछि वेलायतले आंशिक रुपमा लकडाउन गरेको छ । एक साता देखी पव, रेष्टुरेन्ट, सिनेमा लगायत मानिसहरु भेला हुने स्थान बन्द गरिएका छन् । वेलायत सरकारले कोरोनाको कारणले जागिर गुमाउनेहरुलाई उनिहरुको तलब को ८० प्रतिशतसम्म रकम दिने घोषणा गरेको छ ।