८ बैशाख २०८१, शनिबार
Follow Us

सन्राइज बैंकद्वारा व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७६, शनिबार १४:४६

काठमाडौं । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र नर्सका लागि कोरना भाइरसको उपचारमा आवश्यक पर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) २५-२५ थान प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त पिपिई वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा सुशील शर्मालाई आज हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सरहानीय रहेको बताउँदै आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको उल्लेख गर्नुभयो । सनराइज बैंकले सातै प्रदेशमा सक्दो पिपिई सहयोगस्वरुप प्रदान गर्ने जनाएको छ ।