१५ चैत्र २०८०, बिहीबार
Follow Us

वेलायतमा आपतकालिन अस्पताल निमार्ण गर्न गोरखा सैनिक परिचालन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७६, शनिबार १७:४४

लण्डन । कोरोना भाइरसको महामारी बढे पछि वेलायतले आपतकालिन अस्पताल निमार्ण गर्न ठूलो संख्यामा गोरखा सैनिक परिचालन गरेको छ ।

ब्रिटेन- कमनवेल्थ फोर्सका अनुसार लण्डनको डकल्याण्डमा बेलायतको सबैभन्दा ठूलो अस्पतालको निर्माणको लागि क्वीन गोरखा इञ्जिनियरहरू परिचालन गरिएको हो । सेनाले उनीहरुले कडा मेहनत गरिरहेको बताएको छ । उनीहरुले गत हप्ता देखिनै काम थालेका थिए ।

उनीहरुले ४ हजार बेडको अस्पताल निमार्ण गर्न लागेका हुन् । सन् १९४८ देखि बेलायती सेनामा गोरखा इञ्जिनियरहरुले छुट्टै सेवा दिदै आएका छन् ।

यसअघि पनि बेलायतले गोरखा डिभिजनल ईन्जिनियरहरूलाई आपतकालमा परिचालन गर्दै आएको थियो । विश्वभरि संजाल भएको सो टोलीले आपतकालिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

बेलायतमा कोभिड १९ बाट ज्यान गुमाउनेहरुको संख्या १०१९ पुगेको छ। शनिवार मात्र २६० जनाको मृत्यु भएको वेलायती संचारमाध्यमहरुले जनाएका छन् ।
१७ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको छ ।