७ बैशाख २०८१, शुक्रबार
Follow Us

१०१ वर्षीय वृद्धले जिते कोरोनालाई

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७६, आईतवार ०४:०२

रोम । कोरोना भाइरस (कोभिड १९) संक्रमित एक १०१ वर्षीय वृद्ध निको भएर घर फर्किएका छन् । ‘मिस्टर पी’ नामबाट चिनिने कोरोना संक्रमित ती वृद्ध गत बिहीबार इटालीको रिमिनि अस्पतालबाट डिस्चार्ज भएका हुन् । इटालीको रिमिनिका डेपुटी मेयर ग्लोरिया रिसिले १०१ वर्षीय वृद्ध कोरोनालाई जितेर घर फर्किनु निकै आश्चर्यजनक रहेको बताउँछन् ।

ती वृद्ध सन् १९१९ मा जन्मिएका हुन जतिबेला स्पेनिस फ्लुका कारण विश्वभरबाट करिब ५ करोड मानिसको मृत्यु भएको थियो । त्यस्तै ती वृद्ध विश्व युद्ध १ र विश्व युद्ध २ को बीचमा हुर्किएका हुन् । अहिले उनी विश्वमै कोरोना भाइरसलाई जित्ने पहिलो वृद्ध व्यक्ति बनेका छन् ।

रिपोर्टका अनुसार उनी सन् १९१९ मा जन्मिएका थिए र स्पेनिस फ्लुले सन् १९१८ महामारीको रुप लिएको थियो । त्यस समय स्पेनिस फ्लुका कारण इटालीमा ६ लाख मानिसको मृत्यु भएको थियो । तर, उनी भने त्यसबाट बच्न सफल भए ।