११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतमा नेपाली इन्जिनियरको मृत्यु

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७६, आईतवार १८:५८

लन्डन । बेलायतमा बस्दै आएका ६३ वर्षीय एक नेपाली इन्जिनियर केदार पन्तको अस्पतालमा मृत्यु भएको छ ।

कोरोनाको आशंकाका कारण विगत १० दिनदेखि आफ्नै घरमा आइसोलेसनमा बसेका पन्तलाई शनिबार एम्बुलेन्सबाट इलिंग हस्पिटल पुर्याइएको थियो । तर, अस्पतालमा मृत्यु भएको हो । उनको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको हो वा अन्य कारणले भन्नेबारे पुष्टि हुन केहि दिन लाग्ने बताइएको छ ।

नेपाल घर लम्जुङ भएका पन्त लामो समयदेखि बेलायतको लन्डनस्थित ग्रीन्फोर्डमा बस्दै आएका थिए । गैरआवासीय नेपाली संघ (एनआरएएनए) यूकेका सल्लाहकार तथा नेपाल इन्जिनियर्स एसोसिएसन यूकेका संस्थापक सल्लाहकार समेत रहेका पन्त श्रीमती र एको छोराकासाथ लामो समयदेखि बेलायतमा बस्दै आएका थिए ।

हालसम्म बेलायतमा कोरोनाकै कारण दुईजना नेपालीको मृत्यु भैसकेको छ । बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय अठ्ठाइस पुगेको छ भने विश्वभरिमा ३२ हजारभन्दा बढीको ज्यान गैसकेको छ ।