७ बैशाख २०८१, शुक्रबार
Follow Us

पाटन अस्पतालमा सनराइज बैंकको सुरक्षात्मक उपकरण सहयोग (भिडीयो)

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७६, आईतवार २०:४८

काठमाण्डौ । सनराइज बैंकले पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । आइतबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ डा.विष्णु प्र. शर्मालाई हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।

कठिन परिस्थितिमा काम गरिरहनु भएका तमाम डाक्टर र नर्सहरुले हौसला प्रदान गर्न सानो सहयोग गरेका हौं बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने कार्यकारी अधिकृत पौड्यालले दाबी गरे ।