७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा जनजीवन सामान्य हुन् ६ महिना लाग्ने

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७६, आईतवार २१:२८

लन्डन । बेलायतमा जनजीवन सामान्य हुन छ महिना सम्म लाग्ने अनुमान गरीएको छ । एक चिकित्सा अधिकारीका अनुसार यहाँ जीवन “सामान्य” फर्कन छ महिना सम्म लाग्ने अनुमान गरिएको हो ।

सरकारको दैनिक कोरोनाभाइरस ब्रीफिंगमा आइतवार बोल्दै डा जेनी ह्यारीले भनिन् ‘हामी छ महिनाको लागि पूर्ण तालाबन्दीमा हुनेछौं भन्ने होइन ।” तर उनी भन्छिन्, ‘नागरिकले आफ्नो कार्यहरुमा “जिम्मेवार” हुनु पर्दछ र सामाजिक दूरी उपायहरु “बिस्तारै” कम गर्नुपर्‍यो’

अहिले सम्म कोरोनाकै कारण दुईजना नेपालीको मृत्यु भैसकेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या बार्‍ह सय नाघेको छ भने विश्वभरिमा ३२ हजारभन्दा बढीको ज्यान गैसकेको छ ।