१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यस्तो थियो बेल्जियम देखि बागलुङ सम्म कोरोनाको यात्रा !

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७६, सोमबार ०४:५८

काठमाडौं- नेपालमा पाँचौं कोरोना संक्रमण देखिएको छ। बेल्जियमबाट चैत ४ गते नेपाल आएकी युवतीमा शनिबार कोरोना पोजेटि देखिएको थियो। उनको अहिले धौलागिरि अस्पताल बागलुङमा उपचार भैरहेको छ।

बागलुङ कुँडुलेकी १९ वर्षिय ति युवती सोही दिन फ्लाइटबाट पोखरा पुगेकी थिएन्। पोखरा विमानस्थलबाट ट्याक्सीमा जिरो किलोमिटर पुगेर स्कर्पियोमा बागलुङ पुगेकी थिइन्। पोखराको जिरोबाट बागलुङका लागि स्कर्पियो छुट्ने गर्छ। बाग्लुङ घर जाँदै गर्दा उनले बाटोमा पर्ने डिमुवामा रहेकी आफ्नी हजुरआमालाई गाडिबाटै मिठाईसमेत दिएकी थिइन्। पारिवारिक स्रोतका अनुसार गिफ्ट लिएकी हजुरआमालाई त्यस्तो कुनै लक्षण देखिएको छैन।

बेल्जियममा रहेकी आमालाई भेटेर उनी नेपाल फर्किएको पारिवारिक स्रोतले जनाएको छ। उनी कक्षा प्लस टुको परीक्षा आउन लागेको भन्दै नेपाल फर्किएकि थिइन्। उनका बुवा पनि एक महिना अघि नेपाल फर्किएका थिए। बेल्जियमबाट फर्किदा उनको कतारमा ट्रान्जिट थियो। कतार एयरको विमानबाट उनी चैत ४ गते काठमाडौं अवतरण गरेकी थिइन्। जुन विमानमा अर्की संक्रमण देखिएकी युवती पनि सँगै थिइन्। ति युवतीको टेकु अस्पतालमा उपचार भइरहेको छ।

घर पुग्दासम्म अवस्था सामान्य भए पनि उनलाई ज्वरो र खोकी लाग्न थाल्यो। त्यसपछि स्थानीय मेडिकलबाट औषधी ल्याएर खाइन्। कोरोनाका सूचनामुलक सन्देश हेरेकी उनी परीक्षणको लागि धौलागिरि अस्पताल पुगिन्। यो बीचमा उनलाई स्थानीय अधिकारीले सम्पर्क समेत गरेको थिए। त्यहाँ उनको स्वाब निकालियो र काठमाडौं पठाइयो। युवतीलाई चैत ७ गते ज्वरो आएको थियो। यो बीचमा उनी बागलुङ कालिका मन्दीर समेत पुगेकी थइन्। पारिवारिक भेटघाट र साथीहरुसँगको भेटघाट समेत यो बीचमा भएको देखिन्छ। स्वाब लिएपछि उनलाई अस्पताल राखिएन। उनी घरमै सेल्फ क्वारेन्टिमा बसिन्। उनको परिवारका सदस्य पनि क्वारेन्टिनमै छन्।

धौलागिरि अस्पतालका चिकित्सक डा. प्रदीप श्रेष्ठका अनुसार अहिले ति युवतीको अवस्था सामान्य छ। उनलाई सामान्य खोकी मात्रै रहेको छ।