१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए आपतकालिन कोषमा २ करोड ३ लाख ७३ हजार ६ सय जम्मा (अपडेट )

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७६, सोमबार १२:१४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा १ करोड ८८ लाख जम्मा भएको छ। संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहको सहयोगार्थ सो रकम जम्मा भएको हो ।

श्रेष्ठले सहयोग लागि विश्वभर छरिएका नेपाली समुदायलाई आग्रह गरेका छन् ।

कोरोना भाइरसका कारणले विदेशमा बस्ने नेपाली मध्य युकेमा २ जनाको मृत्यु भैसकेको छ भने सयौंको संख्यामा संक्रमित भएको आसंका गरिएको छ । संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वस्थ्य हेल्प लाइन समेत शुरु गरेको छ । संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारी बिरुद्ध लड्न सकृय छन् ।

………………..
“गैर आवासीय नेपाली संघको आपतकालिन राहत कोष”मा हाल सम्म उठेको जम्मा रकम : २ करोड ३ लाख ७३ हजार ६ सय

केही दिन भित्रै क्रेडिट कार्डवाट पनि Fund Collection गर्न मिल्ने व्यवस्था मिलाइदै…

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापित “गैरआवासीय नेपाली संघको आपतकालिन राहत कोष”मा हाल सम्म सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार छ ।

१) गैरआवासीय नेपाली संघ कोरियाको संयोजनमा कोरिया स्थित विभिन्न नेपाली संघ सँस्था र ब्यक्तीहरुको सहयोगमा : रु. १ करोड ३० लाख ( स्वास्थ्य सामग्री पठाइने)
२) गैर आवासीय नेपाली संघ जापान : रु. ५ लाख
३) गैर आवासीय नेपाली संघ ओमन : रु. ५० हजार २ सय
४) उपेन्द्र महतो ( बेलारुस ): रु. ५ लाख
५) जीवनाथ लामिछाने (जर्मनी) : रु. ५ लाख

६) भवन भट्ट ( जापान ) : रु. ५ लाख
७) कुमार पन्त (जर्मनी ) : रु. ५ लाख
८) सोनाम लामा (अमेरिका) : रु. ५ लाख

९) रविना थापा ( अमेरिका) : रु. ५० हजार
१०)बद्रि केसी (रसिया): रु. १ लाख
११)मन केसी (अस्ट्रेलिया): रु. १ लाख
१२)अर्जुन कुमार श्रेष्ठ (बेल्जियम): रु. १ लाख
१३)हेमराज शर्मा ( वेलायत ) : रु. ५० हजार
१४)गौरी जोशी (अमेरिका): रु. ५ लाख
१५)आरके शर्मा (कतार ) : रु. २ लाख
१६)महेश कुमार श्रेष्ठ (जापान ): रु. ५ लाख
१७)लोक दाहाल (बेल्जियम ): रु. १ लाख
१८)गोबिन्द श्रेष्ठ (रोविन्द्र जापान ) : रु. १ लाख
१९) राजेन्द्र अर्याल (साउदी अरब ): रु. १ लाख
२०) दिपक प्रसाद कंडेल (जापान ): ५० हजार
२१) पुरुषोत्तम बोहोरा ( अमेरिका ) : रु. १ लाख
२२) लोकनाथ वस्ती ( जापान ): रु. ५० हजार
२३) राजन त्रिपाठी (अमेरिका ): रु. ५० हजार
२४) कृष्ण तिमिल्सिना (बेलायत ): रु. ५० हजार
२५) चन्द्र गुरुङ (बेलायत ) : रु. १ लाख
२६) टंक लम्साल (जर्मनी ) : रु. ५० हजार
२७) भूमिराज गुरुङ (स्विजरल्याण्ड ) : रु. ५० हजार
२८) अभ्युमन्यु बस्नेत (क्यानाडा ): रु. १ लाख
२९) अब्दुल बसिद (कतार ): रु. १ लाख
३०) रमेश भण्डारी (साउदी अरब ): रु. ३२ हजार (करिव )
३१) नारायण पासवान (साउदी अरब ) : रु. १० हजार
३२) कुमार कार्की( थाईल्याण्ड ) : रु. १ लाख
३३) कृष्ण लामिछाने (अमेरिका ): रु. ५० हजार
३४) प्रमिला बस्नेत (क्यानाडा) : रु. १५ हजार
३५) रादेश पण्डित (अमेरिका ) : रु. ६० हजार (करिब)
३६) गैर आवासीय नेपाली संघ नेदरल्याण्ड : रु. ३ लाख
३७) गैर आवासीय नेपाली संघ वहराइन : रु. १ लाख
३८) हिमाल गुरुङ ( नेदरल्याण्ड) : रु. ५० हजार
३९) गैर आवासीय नेपाली संघ (क्यानाडा) : रु. १ लाख
४०) वलराम श्रेष्ठ ( जापान) : रु. १० हजार
४१) महेन्द्र वस्नेत ( अमेरिका) : रु. १ लाख
४२) चिन्तामणी सापकोटा ( स्पेन) : रु. ५० हजार
४३) नारायण प्रसाद सुवेदी ( जापान) : रु. ५० हजार
४४) श्रवण कुमार सत्याल ( जापान) : रु. १० हजार
४५) दण्डपाणी (डिपी ) कंडेल (जापान) : रु. ५० हजार
४६) दधिवल खड्का ( जापान) : रु. ५० हजार
४७) हरिबोल भण्डारी ( अमेरिका) : रु. ५० हजार
४८) धरम केसी (सउदी अरब): रु १६ हजार
४९) राज रेग्मी ( कतार) : रु. २ लाख

सहयोगी दाताहरुको नामावली अपडेट गरिदै जाने भएकोले सहयोगका लागि संघको आपतकालिन बैंक खाता देहाय वमोजिम रहेको जानकारी गराउन चाहन्छौं ।
Bank Name : Sanima Bank Limited
Branch Name : Alkapuri, Kathmandu
Account No : 024010510000034
Beneficiary : NRNA EMERGENCY FUND
Swift Code : SNMANPKA

महेशकुमार श्रेष्ठ
कोषाध्यक्ष तथा संयोजक तथा
कोरोना पीडीत राहत कोष
गैर आवासीय नेपाली संघ

Chat conversation end
Type a message…