१२ बैशाख २०८१, बुधबार
Follow Us

आज साँझसम्म सबै प्रदेशमा स्वास्थ्य सामग्री उपलब्ध हुने

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७६, सोमबार १२:१८

काठमाडौं । सरकारले आज बेलुकासम्म सबै प्रदेशमा कोरोना रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री पुर्‍याउने भएको छ । नेपाली सेनाको हेलिकप्टर र स्थलमार्गवाट सबै प्रदेशमा स्वास्थ्य सामाग्री पठाइएको हो ।

चीन सरकारले उपलब्ध गराएको र नेपालले किनेर ल्याएका सामाग्री प्रदेश हुँदै जिल्ला तहसम्म रहेका स्वास्थ्य संस्थामा पु-याउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश एकको विराटनगर, कर्णालीको सुर्खेत र सुदुरपश्चिमको धनगढीमा सेनाको हेलिकप्टरमार्फत मास्क, स्यानिटाइजर, चिकित्सकको ब्यक्तिगत सुरक्षा सामाग्री ‘पीपीई’ पठाइएको हो । बुटवल, पोखरा, हेटौँडा र जनकपुरमा स्थल मार्गबाट सेनाको स्काई ट्रकमा औषधि र उपकरण पठाइएको छ ।

प्रदेश १ र कर्णाली प्रदेशका लागि उडेको नेपाली सेनाको स्काईट्रकमा अध्याधिक गन्ध आएपछि काठमाडौं फर्काइएको छ । स्काईट्रकभित्र अध्याधिक क्लोरिनको गन्ध फैलिएपछि काठमाडौं फर्काइएको हो ।

क्लोरिन निकालेर दुबै ठाँउमा बेलुकासम्म सामाग्री पठाइने सेनाले जनाएको छ । चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनमध्ये चार वटा प्रदेश दुई, प्रदेश पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पठाउने र एउटा काठमाण्डौमै तयारी अवस्थामा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपकरण पठाएपछि सम्बन्धित प्रदेशमा कोरोनाको परीक्षण गर्न सुरु हुनेछ । अहिले काठमाडौं र धरानवाट मात्रै परीक्षण भैरहेको छ ।