७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका लिम्बुको परिवारबिनै दाहसंस्कार

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७६, सोमबार २०:५५

अमेरिका। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यानगुमाएका गैरआवासीय नेपाली अनिल लिम्बुको शुक्रबार दाहसंस्कार गरिएको छ । कोरना संक्रमणपछि उपचाररत लिम्बुको मंगलबार बिहान मृत्यु भएको थियो। शुक्रबार सबै प्रकृया पूरागरी अस्पतालको संयोजनमा निजी कम्पनी मार्फत दाहसंस्कार गरिएको हो।

परिवारका अन्य सदस्य समेत भाइरसका कारण बिरामी परेको र समुदायका व्यक्तिहरु समेत सहभागी हुन कठिनाई भएका कारण लिम्बुको दाहसंस्कारको जिम्मा,न्यूयोर्कको बु्रक्लिनमा रहेको ग्रिनउड सिमेट्री नामक नजी कम्पनीलाई दिइएको थियो । उक्त कम्पनीले करिब १२ सय अमेरिकी डलर लिएर लिम्बुको शुक्रबार दिउसो २ः३० बजे दाहसंस्कार गरेको हो।

न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइट क्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीय लिम्बुलाई स्थानिय कोरोना संक्रमणपछि एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिब दुई दशकदेखि अमेरिकामा थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।