१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८ सय नाघ्यो

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७६, मंगलवार ०४:५६

लन्डन । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८ सय नाघेको छ । ७ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोनाका कारण सबैभन्दा बढी इटलीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या एकलाख १ हजार ७ सय नाघेको छ ।

उता, अमेरिकामा संक्रमितको संख्या १ लाख ६३ हजार नाघेको छ । त्यहाँ ३ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या ८७ हजार ९ सय नाघेको छ भने ७ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

फ्रान्समा कोरोनाका कारण ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने ४४ हजार ५ सयभन्दा बढी संक्रमित भएका छन् । जर्मनीमा करिव ६६ हजार ८ सय भन्दाबढी संक्रमित भएका छन् भने ६ सय ४५ जनाले ज्यान गुमाएका छन् । इरानमा २ हजार ७ सय ५० भन्दा बढीको कोरोनाका कारण मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ४१ हजार ५ सय नाघेको छ ।

कोरोनाका कारण बेलायतमा १ हजार ४ सय १५, नेदरल्याण्ड्समा ८ सय ६४ र बेल्जियममा ५ सय १३ जनाको मृत्यु भएको छ । विश्वभर १ लाख ५७ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।